आजदेखि काठमाडौँका १७ ठाउँबाट बुस्टर डोज लगाइने

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १४ : ४७
आजदेखि काठमाडौँका १७ ठाउँबाट बुस्टर डोज लगाइने

काठमाडौं । कोरोना महामारीको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै आजबाट काठमाडौँमा कोभिड-१९ विरुद्ध बुस्टर डोज दिन थालिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अंग्रपक्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन थालिएको हो ।

अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले बताएको छ ।बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने छ । त्यस्तै, बुस्टर लगाउन जाँदा यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने जनाइएको छ ।

काठमाडौँको आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताललगायत स्थानमा खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस