रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १६ : ५०
रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् ।

‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।

मिश्र केही दिनदेखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय थिए । उनले केही दिनदेखि मिडियामा अन्तर्वार्ता दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस