युनिकविरुद्ध बिएफसीको फराकिलो जित

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १५ : ३०
युनिकविरुद्ध बिएफसीको फराकिलो जित

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) ले फराकिलो जित हात पारेको छ ।  लिग अन्तर्गत आज (बिहीबार) भएको चौथो चरणको पहिलो खेलमा बिएफसीले  नारायणी मोटर्स युनिक क्लब बसेनीलाई ६-० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो चौथो जित हो ।

बिएफसीलाई फराकिलो जित दिलाउन नुरल राना मगर र राज भुसालले समान २-२ गोल गरे । सन्दीप सेन्चुरी र सुमन आले मगरले एक(एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको बिएफसीले दोस्रो हाफमा ५ गोल थप्यो । खेलको १६ औं मिनेटमा सन्दीप सेन्चुरीले गोल गर्दै बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा नुरल रानाले गोल गर्दै बिएफसीको अग्रता दोब्बर बनाए । 

५४ औं मिनेटमा सुमन आलेले गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए । ६० औं मिनेटमा नुरलले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । राज भुसालले ६९ र ७१ औं मिनेटमा दुई गोल गरेपछि बिएफसी ६-० ले बिजयी भयो । 

खेलको म्यान अफ दि म्याच बिएफसीका नुरल चुनिए । जितसँगै बिएफसीले ४ खेलबाट १२ अंक बनाएको छ । लिगमा ४ खेल खेलेको बिएफसीले चारै खेलमा जित हात पारेको छ । यससँगै बिएफसीको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ। 

आजको दोस्रो खेलमा माडी ११ र पानस युवा क्लब भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

 

प्रतिक्रिया दिनुहोस