भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड

सफल खबर संवाददाता

मंगलबार, २७ पुस २०७८, १५ : ०७
भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड

काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ ।

यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो । कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् ।

भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ । 

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन् ।

आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस