विश्वविद्यालय खुला, विद्यालय बन्द

पत्रपत्रिकाबाट

मंगलबार, २७ पुस २०७८, ०८ : २६
विश्वविद्यालय खुला, विद्यालय बन्द

काठमाडौं । मङ्गलबारदेखि लागू हुने  गरी  मुलुकभरका  सम्पूर्ण  विद्यालय  माघ  १५ गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमण  दर  रोक्न  सोमबार  शिक्षा  विज्ञान  तथा  प्रविधि  मन्त्रालयले  विद्यालय  बन्द  गर्ने  निर्णय गरेको हो । 

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबारको निर्णयलाई कार्यान्वयन  गर्न  यस्तो  निर्णय  गरिएको  हो  ।  केन्द्रले आधारभूत तथा माध्यमिक तह (कक्षा १२ सम्म)का पढाइ बन्द गर्न र विश्वविद्यालय तथा शैक्षिक  प्रतिष्ठानहरूको  जारी  परीक्षा  स्वास्थ्य  मापदण्ड पालना गरेर सञ्चालन गर्न सिफारिस गरेको थियो ।

मन्त्रालयले  यो  अवधिलाई  विद्यालय  बन्द  नभनेर  बिदा  दिने  भनेको  छ । यो बिदालाई वार्षिक बिदामा मिलान गर्ने निर्णय पनि मन्त्रालयले गरेको  छ  । गोरखापत्रमा खबर छ ।