कोरोना अपडेट: थप १ हजार १६७ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १६ : ४६
कोरोना अपडेट:  थप १ हजार १६७ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८४८ र एन्टिजेन विधिबाट ३ हजार ७८४ जनामा परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण देखिएको हो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३२ हजार ५२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ४१५ जना पुगेको छ।  

नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ । यस्तै, आज थप २२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार २३० जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ को मृत्यु भएको जानकारी छन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस