काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने व्यक्तिमा बढी कोरोना सङ्क्रमण देखा परिरहेको छ। भारतमा सङ्क्रमण बढेको बेला स्वदेश फर्किरहेका धेरै व्यक्तिहरूमा सङ्क्रमण देखा पर्न थालेको हो।
यो प्रदेशको विभिन्न नाकाबाट फर्किरहेका नेपालीहरूको नाकामै परीक्षण गर्ने व्यवस्था गरिएको छ। पछिल्लो तीन दिनको तथ्याङ्कलाई हेर्दा सुदूरपश्चिममा फेला पर्ने जम्मा सङ्क्रमितमध्ये ९० प्रतिशतको हाराहारीमा भारतबाटै फर्किने व्यक्ति रहेका छन्।
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशभरि १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा थपिएका ९७ जना सङ्क्रमित भारतबाटै फर्किएका व्यक्ति हुन्। कुल सङ्क्रमितको ६१ दशमलव ३९ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका व्यक्ति रहेका जनाइएको छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ पुस २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु