काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो ।
पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरहेको छ । महासचिवमा बर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ दाबेदारको रुपमा रहेका छन्।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्षबाहेक बाँकी १४ जना पदाधिकारीको टुंगो लगाउन बाँकी रहेको छ । महाधिवेशनले २ सय ९९ जना केन्द्र्रीय सदस्यमध्ये अझै ६५ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
पहिलो केन्द्रीय कमिटीको बैठकले नै पदाधिकारीको टुंगो लगाउने तयार भए पनि नेता वर्षमान पुन चीनबाट उपचार गराएर स्वदेश फर्कने जानकारी गराएपछि बैठक केही दिनका लागि स्थगित गरिएको थियो । अब पुन स्वदेश फर्किएपछि मात्र माओवादीको केन्द्रीय कमिटीको बैठकको तय हुने बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ पुस २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन