प्रतिपक्षमा रही संसदीय र सडक संघर्षकालागि तयार रहन कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन

बुधबार, १९ बैशाख २०७५, १६ : ०१
प्रतिपक्षमा रही संसदीय र सडक संघर्षकालागि तयार रहन कार्यकर्तालाई  उपेन्द्र  यादवको निर्देशन

काठमाडौं ।  संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिपक्षमा रही काम गर्ने गरि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार काठमाण्डौको हात्तीसारमा आयोजित पार्टीको केन्द्रीय तदर्थ समितिको बैठकलाई सम्बोधन गदै उनले संसदीय संघर्ष र सडक संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् । बामगठबन्धनको सरकारले संविधान संसोधनमा स्पष्टताका साथ प्रतिवद्धता सहितको राजनीतिक सहमतिमा हस्ताक्षर भईसकेपछि सरकारमा रहेर पनि सहयोग गर्न सक्छौ भनेर आफुहरुले भनेको स्मरण गर्दे उनले ती विषय सम्बोधन भन्दा पनि कहिले काँही रणनितिक रुपमा चर्चामा ल्याउने काम मात्रै भएको गुनासो गरे ।

संविधान संसोधन संगैका आफ्ना मुद्धाहरुको सम्बोधन नै प्राथमिकताको विषय रहेको भन्दै उनले  त्यसमा वामगठबन्धनको सरकार सहमत नभए प्रतिपक्षमा रहेर संसदीय संघर्ष र सडक संघर्ष जारी राख्ने उद्घोष गरे ।
 

प्रतिक्रिया दिनुहोस