वाम एकता

६०–४० मा होइन ५०-५० मा पार्टी एकता : प्रचण्ड

बुधबार, १९ बैशाख २०७५, १५ : ४०
६०–४० मा होइन ५०-५०  मा पार्टी एकता : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । समान हैसियतमा पार्टी एकता गर्न एमाले-माओवादीबीच समझदारी भइसकेको उनको भनाई थियो ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको  सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै  एकता हुने बताएका हुन् ।

बैठकपछि  प्रवक्ता पम्फा भुसालले  पार्टी एकता  समान हैसियतमा हुने  अध्यक्षले बैठकलाई जानकारी गराएको बताइन् । यस्तै यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।

 यस्तै प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गरेर केहि दिनभित्रै एकता गर्ने तयारी भइरहेको समेत जानकारी गराएको बताइएको छ । मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको  केहि दिनभित्रमै दुई पार्टीबीच एकता  गर्ने गरी छलफल भइरहेको सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस