नेकपा(एस)ले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, १६ : ५२
नेकपा(एस)ले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

प्रदेश-१ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) उम्मेद्वार बन्ने भएकी छन् ।

पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस