तराईमा लाग्न थाल्यो बाक्लो हुस्सु,  भिजिबिलिटी घट्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, ११ : २०
तराईमा लाग्न थाल्यो बाक्लो हुस्सु,  भिजिबिलिटी घट्यो

काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।

त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र  अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।

तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा  र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ ।

त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ ।  यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस