काठमाडौं । पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यमध्ये आठ जना नेकपा एमालेकै रहेका छन् । चार वर्ष कार्यकाल पूरा गरेका एक मनोनितसहित २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गते पदावधि सकिनेछ ।
कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोहीअनुसार निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभाको उपनिर्वाचन तय गरेको छ ।
सो उपनिर्वाचनमा सत्ताका सहयात्री दलहरूबीच गठबन्धन बनाएर जाने निर्णय गरेपछि नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यसले गर्दा उपनिर्वाचनमा भने एमालेले पराजय व्यहोर्नुपर्ने बलियो सम्भावना छ । राष्ट्रिय सभाका उपनिर्वाचनमा प्रदेश सभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २०२५ जना मतदाता रहेका छन् ।
७ सय ५३ स्थानीय तहमध्ये २ महानगर, ७ उपमहानगरसहित १ सय २३ नगरमा प्रमुख र १ महानगर, ७ उपमहानगरसहित १ सय ३७ नगर उपप्रमुख पदमा एमालेका जनप्रतिनिधि विजयी भएका थिए । यसै गरी १ सय ७१ गाउँपालिका प्रमुख र १ सय ९४ गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो । यस आधारमा एमालेका जनप्रतिनिधिबाट राष्ट्रियसभा निर्वाचनमा ६ सय २५ जनाले मतदान गर्नेछन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ पुस २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो सचिवालय बैठक
एमालेले आधा महाधिवेशन प्रतिनिधि घटाउने !
एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम
च्यासलमा पाल टाँगेर एमालेले सुचारु गर्यो केन्द्रीय कार्यालय
जेन जी विद्रोहको तोडफोड र आगजानीमा एमाले कार्यकर्ताकै संलग्नता रहेको खुल्यो रहस्य
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय