तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, १५ : १३
तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छिन ।

तमु ल्होसारके अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सु-संस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरिन ।

देशका मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्धन गर्नुपर्नेमा जोड दिंदै राष्ट्रपति भण्डारीले साँस्कृतिक सम्पदाले समृद्ध समाज निर्माणमा सघाउ पुर्याउने उल्लेख गरिन ।

यस्तै, ल्होसारको शुभकामना दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायले मनाउने ल्होसार पर्वको आफ्नै विशिष्ट पहिचान रहेको बताइन ।

 

प्रतिक्रिया दिनुहोस