दमक । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।
प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ पुस २०७८, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते