काठमाडौँ । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
]जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो । दुर्घटनामा बाराको गढीमाई नगरपालिका–४ का मुसाफिर अन्सारी र सोही ठाउँका शेख छोटुको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । तीनै जनाको सनाखत हुन नसकेको भण्डारीले बताउनुभयो । घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ पुस २०७८, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु