तलबभत्ता विद्यार्थीको पढाइमा खर्चिंदै वडाध्यक्ष

पत्रपत्रिकाबाट

आइतबार, ११ पुस २०७८, ०७ : ३२
तलबभत्ता विद्यार्थीको पढाइमा खर्चिंदै वडाध्यक्ष

सुर्खेत । राजनीतिलाई समाज सेवा भन्ने गरिन्छ। केही अपवादबाहेक धेरैले यसलाई ‘पेशा’का रुपमा लिन्छन्। राजनीतिबाटै लाभको पदमा पुगेकाले पाउने सेवा–सुविधावापतको रकम त सामाजिक सेवामा खर्चिने त बिरलै पाइन्छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका दुईजना वडाध्यक्षले सरकारी सेवावापत आफूले पाएको तलब–पारिश्रमिक बालबालिकाको शिक्षामा खर्चिने गरेका छन्। वीरेन्दनगर–४ का अध्यक्ष भूपेन्द्र खत्री र वडा नं। ९ का अध्यक्ष सुरेश मानन्धरले जनप्रतिनिधि हुँदा पाएको सरकारी सुविधावापतको तलवभत्ता गरिव, जेहेन्दार तथाआश्रित बालबालिकाको शिक्षामा खर्चिएका छन्।  

वडा नं। ३ का अध्यक्ष खत्रीले निर्वाचित भएयता प्राप्त तलवभत्तालगायतको ८ लाख रुपैयाँबाट ‘भूपेन्द्र खत्री छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेका छन्। उक्त अक्षयकोषमार्फत वडाभित्र रहेका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा आश्रित बालबालिकालाई छात्रवृत्ति र पोशाक वितरण गर्छन्।  

वडाध्यक्ष खत्रीले वडाभित्रका हरिडिल भूमि माध्यमिक विद्यालयमा ५ लाख र जगन्नाथदेवी आधारभूत विद्यालयमा ३ लाखको कोष स्थापना गरेका छन्। कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब, जेहन्दार तथा आश्रित बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने गरिएको उनले बताए।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित खत्रीले आफ्नो कार्यकाल रहँदासम्मपाउने सरकारी सेवा–सुविधा अक्षय कोषमा जम्मा गरिने बताए।  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस