जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्...

पत्रपत्रिकाबाट

शनिबार, ०३ पुस २०७८, ०७ : ५२
जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्...

दाङ । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए ।

महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् ।

सडकमा सवारीसाधन गुडिरहेका थिए । पैदल यात्रु पनि थिए । तर, कसैले पनि यो दृश्यलाई गम्भीर रूपमा लिएको प्रहरी निरीक्षक पाण्डेले पाइनन् । आफ्नै मनको एक कुनाले उनलाई भन्यो, ‘पैसा उनीहरूकै भएकाले कसैले केही भनेनन् ।’

तर, अर्को मनले भन्यो, ‘पैसा उनीहरूकै भएको भए उनीहरू आराम साथ टिप्थे । सडकको छेउमा एकछिन गफिन्थे पनि । हडबडाहट पनि गर्दैनथे । र, पैसा टिप्नेबित्तिक्कै मोटरसाइकल हुँइक्याउँदैन थे ।’आफ्नो मनको पछिल्लो तर्कसँग उनी नजिक भइन् । त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ रु’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो– छ ।’

त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस