काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहेको छ।
यसैगरी दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना महाशाखाले औंल्याएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा र कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना