मनकामना केबुलकारका सेवा चार दिनको लागि बन्द

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १८ : ४०
मनकामना केबुलकारका सेवा चार दिनको लागि बन्द

चितवन । मनकामना केबुलकारका स्तरोन्नतिको सिलसिलामा सम्पूर्ण सेवाहरु चार दिनको लागि बन्द गरिएको छ ।

केबुलकार सेवा मर्मतको लागि चार दिन बन्द गर्नुपरेको व्यवस्थापकले जनाएको छ । पुस ४ देखि ७ गतेसम्म सेवा बन्द गरिएको हो । पुस ४ देखि ७ गतेसम्म गियर बक्स र टावरको मर्मत हुनेछ । 

पुस ८ गतेदेखि केबुलकारका सेवा पुनः सुरु हुने व्यवस्थापकको भनाइ छ । यस अवधिभर बटम स्टेशनस्थित रेष्टुरेन्ट सेवा यथावत्रुपमा सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस