जनकपुरधाम । प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशको विरोधमा प्रदेश २ प्रदेशसभाको विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
प्रदेशसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलहरुको तर्फबाट धारणा राखेपछि सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कृषि र विज्ञान प्रविधिसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । लगत्तै लोसपा सांसदहरुले प्रदेश बैठक अवरुद्ध गरेका हुन् ।
लोसपा सांसद परमेश्वर साहले प्रदेश सभा अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको भन्दै यसलाई दर्ता हुन नदिने बताए । उनले अध्यादेश फिर्ता नहुँदासम्म संसद चल्न नदिने पनि बताए ।
सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम भएको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए । तर लोसपा सांसदले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र महतो लोसपाबाट निष्कासित
लोसपाको केन्द्रिय समिति बैठक आज पनि जारी
लोसपाले बोलायो पदाधिकारी बैठक
पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन
नेपाल-भारतबीच भएका समझदारी नेपालको आर्थिक विकासमा कोशेढुङ्गा सावित : लोसपा
लोसपाले गठन गर्यो चार वटा कार्यदल