चितवनमा नेटवर्किङ विजनेशको प्रलोभन देखाउँदै ठगी गर्ने एक समूह पक्राउ

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १७ : २२
चितवनमा नेटवर्किङ विजनेशको प्रलोभन देखाउँदै  ठगी गर्ने एक समूह पक्राउ

चितवन । प्रतिवन्धित क्युनेट नेटवर्किङ बिजनेशको नाममा ठगी गर्ने एक समूह चितवनबाट पक्राउ परेका छन् । नेटवर्किङ बिजनेशको सदस्य बनाईदिन्छु भन्दै ठगी गर्ने दुई भारतीयसहित एक नेपालीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको देश राजस्थानस्थित शास्त्री नगर जयपुरका २८ वर्षीय जितेश वर्मा, भारतकै हरियाणा प्रदेश गुडगाउँको कोलारसका ३४ वर्षीय ३४ अंकित शर्मा र चितवनको भरतपुर महानगरपालिका २६ का ३६ वर्षीय सरोज घिमिरे रहेका छन् ।

उनीहरुलाई प्रहरीले भरतपुरस्थित सिजी ल्याण्डमार्कको मिटिङ हलबाट पक्राउ गरेको हो । सिजी ल्याण्डमार्कको मिटिङ हल नेटवर्किङ बिजनेश सम्बन्धि सेमिनार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा मंसिर १७ गते राति ८ बजे पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनीहरुले १०र१२ जना मानिसहरु जम्मा गरेर नेटवर्किङ बिजनेशको नाममा बिभिन्न झुट्टा आस्वाश्न तथा विश्वास दिलाई भ्रममा पारी ठगी गरेकोले पक्राउ गरिएको डिएसपी अधिकारीले बताए । अनुसन्धानको क्रममा पक्राउ परेका मध्ये सरोज घिमिरेले बिकास घिमिरे नाम गरेका एक युवालाई प्रलोभनमा पारेर २७ लाख ५० हजार लिएको समेत खुलेको छ ।

नेटवर्किङ बिजनेशको सदस्य बनाईदिएर पीडितसँग २७ लाख ५० हजार ठगेको प्रहरीको अनुसन्धानल देखाएको छ । उनीहरुलाई बिजनेश ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस