एक पटक प्रकाशमानको नयाँ नेतृत्वलाई हेरौँः सुजाता कोइराला

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १३ : ५७
एक पटक प्रकाशमानको नयाँ नेतृत्वलाई हेरौँः सुजाता कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंह नेतृत्वको नयाँ नेतृत्वलाई स्वीकार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । शनिबार प्रकाशमान सिंहको सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोही टीमको उपसभापति पदकी उम्मेदवार काइरालाले पार्टीलाई गति दिन पनि नयाँ नेतृत्वको जरुरी रहेको बताइन् । 

उनले आफू नै पनि सभापतिको दावेदार भएपनि प्रकाशमानको भिजन र दृष्टिकोणलाई स्वीकारेर उपसभापतिको उम्मेदवार बन्न तयार भएको बताइन् । उनले काँग्रेसको जनाधार खस्किँदै गएको भन्दै पार्टीलाई बलियो बनाउन सिंहको नेतृत्व जरुरी रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस