प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार

उम्मेदवार तय गर्न नेताहरु व्यस्त

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, ११ : २२
प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । नेत्री कोइरालाले प्रकाशमान सिंहको टिमका तर्फबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।

\कोइरालाले उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएकी छन् । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आआफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन्।

सभापतिमा फेरि देउवा उठ्ने निश्चित भए पनि पदाधिकारी क-कसलाई उठाउने निर्णय हुन बाँकी रहेकोले छलफलमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार नै छान्न सकेको छैन। उम्मेदवार तय गर्न आज बिहान पौडेल निवास बोहराटारमा छलफल जारी छ।

प्रकाशमान सिंह र शेखर कोइरालाले कसले कसलाई सभापति छाड्ने निर्णय गर्न नसक्दा सर्वसम्मत उम्मेदवार दिने पौडेल पक्षको सम्भावना कमजोर हुने देखिएको छ।काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस