काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको बताए ।
पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको भोलिपल्टबाटै सबैले ओलीको डर, त्रासबाट मुक्ति पाएको अनुभव गरेको बताए । उनले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन् । अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ ।’
उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए । उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’
उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ । काँग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा