काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको दाबीबाट आफू ब्याक नहुने बताएका छन् । १४औं महाधिवेशनमा सभापतिका प्रत्यासीमध्येका एक सिंहले सहमतिका लागि पटकपटक छलफल गरेपनि कसैले कसैलाई नछाड्ने भएपछि निर्णयका लागि महाधिवेशन प्रतिनिको बीचमा जाने बताएका छन् ।
कांग्रेस संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला र सिंह सभापतिको दाबेदार छन् । ‘वान टू वान छलफलमा पनि कसैले कसैलाई नछाड्ने भनेपछि मैले ठीक छ प्रतिनिधिमाझ नै जाउँ भनेको छु’ उनले भने ।
संस्थापनइतरबाट साझा उम्मेदवार खोज्न तपाईं बाधक भयो भन्न थाले नि त भन्ने जिज्ञासामा सिंहले भने, ‘उहाँहरूले भनेअनुसार म चल्दा चाहिँ सहमति भएको हुने । मलाई न्याय दिनुस् भन्दा चाहिँ म सहमतिअनुसार नचलेको भन्ने यो कुरा त होइन नि ।’
आफूले १३औं महाधिवेशनमा पनि दाबी छाडेको भन्दै सिंहले यसपाली आफू सभापतिका लागि नोमिनेसन गर्ने तयारीमा जुटिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि