काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् ।
आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन् । ‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’
पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको भन्दै उनले तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएको र जनता पनि निराश भएका बताए ।
‘पार्टी पुनर्जागरण र रुपान्तरण’ नारा दिएका नेता थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्नेमात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको भन्दै नेता थापाले प्रत्येक नेपालीसँगको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा