काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।
बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन् ।
बाँकी सबै समूहका सूचक शून्य दशमलव एक प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्मको ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ । यस्तै सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !