अक्सफोर्ड कलेजलाई फेरि मिल्यो अवार्ड, हालसम्म १८ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, २० : १०
अक्सफोर्ड कलेजलाई फेरि मिल्यो अवार्ड, हालसम्म १८ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

चितवन । गैंडाकोटको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टलाई फेरि अन्तर्राष्ट्रिय अवार्ड मिलेको छ । कलेजले आज पत्रकार सम्मेलन गरी युरोपेली संस्थाबाट अन्तर्राष्ट्रिय अवार्ड मिलेको बताए । 

कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले इएसक्यूआर अवार्ड प्राप्त भएको बताए ।  कलेजका प्रमुखसहित १६ जनाको टोली अवार्ड लिन भोलि (बिहीबार) दुबही प्रस्थान गर्ने बतायएको छ । यो अवार्ड पाउनेमा नेपालमा एकमात्र संस्था अक्सफोर्ड कलेज भएको प्रमुख भण्डारीले बताए । उनले भने, ‘हालसम्म यो अवार्ड पाउनेमा नेपालको पहिलो संस्था अक्सफोर्ड भएको छ ।’

स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको इएसक्यूआर संस्थाले दुबहीमा अवार्ड वितरण गर्न लागेको छ । अक्सफोर्ड कलेजले यो अवार्डसहित हालसम्म अन्तर्राष्ट्रिय १८ वटा अवार्ड प्राप्त गरिसकेको कलेजका प्रमुख भण्डारीले बताए । यस प्रकारको अवार्डले कलेजको स्तर बढेको र विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा सजिलै रोजगार पाउन सफल भएका उनी बताउँछन् । पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त यस कलेजमा २२०० 

विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा ११ देखि मास्टर्ससम्मको पढाइ हुन्छ । 

oxfo-awarded
 

प्रतिक्रिया दिनुहोस