भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

एजेन्सी

बुधबार, २२ मंसिर २०७८, १४ : १२
भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटना भएको हाे । रावतबाहेक अरु दुई जना वरिष्ठ अधिकारी पनि हेलिकप्टरमा सवार थिए ।

दुर्घटनाको जो दृश्य बाहिर आएको छ, हेर्दा हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त र आगो लागेको देखिन्छ । जनरल विपिन रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन ।  

प्रतिक्रिया दिनुहोस