काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा। शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।
यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् । सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।
संस्थापन समूहबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिइसकेका छन् भने सोही समूहबाट निधि र श्रेष्ठको पनि दाबी रहँदै आएको छ ।
इतर समूहले भने सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ । तर, सो विषय सहजै टुंगिने भने सम्भावना कम छ । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ मंसिर २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष