काठमाडौं । प्रचण्डले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ।
माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन्।
२०४६ सालमा नेकपा ९मसाल० को महामन्त्री,२०४८ मा नेकपा ९एकता–केन्द्र० को महामन्त्री, २०५१ मा नेकपा ९माओवादी० को महामन्त्री,२०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन्। अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ।
माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू९अध्यक्ष० मा केन्द्रित गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ मंसिर २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’