हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

एजेन्सी

मंगलबार, २१ मंसिर २०७८, ०८ : २९
हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

एजेन्सी । पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ ।  बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मेजर जिशान जहानजेब र  इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन आईएसपीआरले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस