काठमाडौं । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) नेपालमा भेटिएपछि त्रास फैलिएको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमाफर्त नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि गरेको छ ।
बाहिर मुलुकमा ओमिक्रोन फेला परेपछि लकडाउन गरिएको छ । नेपालमा पनि ओमिक्रोन भेटिएपछि लकडाउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयले भने बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।
मन्त्रालयले सरकारले लकडाउनबारे केही निर्णय नगरेको र लकडाउन नहुने जनाएको छ । लकडाउनको साट्टो ओमिक्रोनका सम्भावित संक्रमितलाई निगरानीमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । मन्त्रालयले सबैलाई आत्तिनुभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।
सरकारले नेपालमा ओमिक्रोन फेला परे पनि लकडाउन नहुँने बताइरहँदा सामाजिक सञ्जालमा फेसबुक, टिकटक, ट्वीटरलगायतमा आममानिसले भने पहिलेकै स्थिति पैदा भएको भन्दै लकडाउन हुने चिन्ता व्यक्त गरेका छन् ।
हालसम्म करिब ४० देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परिसकेको छ । स्वास्थ्य विज्ञहरुले यो कोरोनाभन्दा खराब भेरियन्ट रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण
सबै अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले दिए आवेदन
जटिल रोगको उपचारमा बीमितलाई थप एक लाख दिने निर्णय
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
स्वास्थ्य मन्त्रालयको यस्तो छ मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी