विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताएका हुन् । अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो मानसिकता खराब हो भने ।
उनले अरु निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा