युएईले फ्रान्ससँग ८० लडाकु विमान र १२ सैन्य हेलिकप्टर किन्ने

एजेन्सी

शनिबार, १८ मंसिर २०७८, १२ : १०
युएईले फ्रान्ससँग ८० लडाकु विमान र १२ सैन्य हेलिकप्टर किन्ने

एजेन्सी । संयुक्त अरब इमिरेट्सले फ्रान्ससँग ८० राफेल लडाकु विमान र १२ सैन्य हेलिकप्टर खरिद गर्ने निर्णय गरेको छ। करिब १९ अर्ब २० करोड डलरको हतियार सम्झौताबाट फ्रान्स र युएईबीचको आर्थिक र राजनीतिक सम्बन्ध सुदृढ भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार फ्रान्सेली लडाकु विमानका लागि यो अहिलेसम्मकै ठूलो विदेशी सम्झौता हो। खाडी मुलुकको दुई दिने भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् । म्याक्रोनले यस अवधिमा कतार र साउदी अरबको पनि भ्रमण गर्नेछन्।

फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले उक्त सम्झौतालाई ‘ऐतिहासिक’ भनेकी छन् । फ्रान्सेली राष्ट्रपतिको कार्यालयले दुबई एक्सपो २०२० को छेउमा अबु धाबीका युवराज शेख मोहम्मद बिन जायद (एमबीजेड) र म्याक्रोनले सम्झौतामा हस्ताक्षर गरेको बताएको छ।

‘यो सम्झौताको परिणामस्वरुप दुई देशबीचको रणनीतिक साझेदारी पहिलेभन्दा बलियो भएको छ र यो सम्झौताले क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष योगदान पुर्याउनेछ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

म्याक्रोनको यो भ्रमण यस्तो समयमा हुन लागेको हो जब खाडी देशहरुमा अमेरिकाको बारेमा अनिश्चितता छ । पेरिसको युएईमा स्थायी सैन्य आधार छ र यो ठूलो लगानी संग, फ्रान्सेली नेता म्याक्रोन र एमबीजेडबीच राम्रो सम्बन्ध स्थापित भएको छ।

सम्झौतापछि फ्रान्सेली हतियार निर्माता डसल्ट एभिएसनको शेयर ९ प्रतिशतसम्म महँगो भएको छ । कुनै पनि देशले एकैपटक गरेको राफेलको यो सबैभन्दा ठूलो खरिद हो।

यो वर्ष युएईभन्दा अगाडि फ्रान्सले ग्रीस, इजिप्ट र क्रोएसियासँग पनि राफेलको सम्झौता गरेको छ । यस बाहेक म्याक्रोनको यो भ्रमण यस्तो समयमा हुन लागेको हो जब खाडी देशहरुमा अमेरिकाको बारेमा अनिश्चितता छ ।यस बाहेक युएईले १२ सैन्य विमान काराकल हेलिकप्टर पनि अर्डर गरेको छ, जुन सुपर पुमा हेलिकप्टर एच२२५एमको फ्रान्सेली कोड नाम हो।

प्रतिक्रिया दिनुहोस