काठमाडौं । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।
यो सातामा शेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ । यसरी शेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ ।
पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबार बाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ । शेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोड शेयर धितोकर्जाको सिमा परिर्वतन हुने आशमा रहेका थिए । तर, मौद्रिक नीतिको समिक्षाले ४÷१२ करोडको सिमा परिर्वतन गरेन । यसको प्रभाव आइतबार देखि शेयर बजारमा प¥यो ।
मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको थियो । उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो । सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ अंकमा पुगेको थियो । यस दिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ । बिहिबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे