'बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, १२ साथी प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १३ : २७
'बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, १२ साथी प्रहरी नियन्त्रणमा

दाङ। आफ्नो साथीको 'बर्थ डे' मनाउने गएका घोराहीक एक युवकको मृत्युपछि दाङ प्रहरीले होटल सन्चालकसहित १२ जनालाई पक्राउ गरेको छ ।साथिको जन्मोत्सव मनाउन होटलमा गएका युवकको शंकास्पद मृत्युपछि होटलको सन्चालकसहित उनका १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जन्मदिन मनाउनेक्रममा होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको जानकारी दिए । नियन्त्रणमा लिइएका युवाले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन ।

जन्मदिन मनाउन दिउसो पुगेको बेला सो घटना हुँदा पनि होटल सन्चालकले प्रहरीलाई थाहा नदिएपछि प्रहरीले होटेल सन्चालकलाई पनि समातेको एसपि काफ्लेले बताए । पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा गएका थिए । 

प्रहरीको अनुसार पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो। मृत्यु शंकास्पद लागेकोले पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस