सुदूरपश्चिममा कोरोना : आठ जनामा कोरोना सङ्क्रमण, ११ निको

रासस

विहीबार, १६ मंसिर २०७८, २१ : १८
सुदूरपश्चिममा कोरोना : आठ जनामा कोरोना सङ्क्रमण, ११ निको

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप  आठ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ५४१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पिसीआरमार्फत छ र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र एन्टिजेन विधिमार्फत कञ्चनपुर र दार्चुलाका एक÷एक  जनामा सङ्क्रमण देखिएको हो । 

यस्तै गएको २४ घण्टामा प्रदेशभर ११ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा एक जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।