भृकुटीमण्डपमा गुञ्जियो ‘रेखा थापा आई लभ यू’को नारा

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १६ : ३३
भृकुटीमण्डपमा गुञ्जियो ‘रेखा थापा आई लभ यू’को नारा

काठमाडौं । बुधबारदेखि काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिबेशन सुरु भएको छ । उक्त महाधिबेशनमा महामन्त्री पदका लागि अभिनेत्री रेखा थापाले पनि उम्मेदवारी दिने भएकी छन् ।

जसका लागि प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा अभिनेता रेखाको प्रचार–प्रसारसमेत गरिएको छ । कार्यकर्ताहरुले अभिनेत्री रेखाको ब्यानरसहित नाराबाजी गर्दै रेखालाई भोट दिन अपील गरेका छन् ।

कार्यकर्ताहरुले ‘पूर्व–पश्चिम के भन्छ, रेखा थापा ले भन्छ’, ‘रेखा थापा–आई लभ यू’लगायतका नारा लगाउदै भोट मागेका हुन् । अभिनेत्री थापाले राजेन्द्र लिङ्देन प्यानलबाट महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस