राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १५ : ५३
राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको एकताको महाधिवेशनको अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क बुझाउनु पर्ने भएको हो । त्यस्तै, उपाध्यक्ष पदका लागि ७५ हजार,  महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् । महाधिवेशन प्रतिनिधिको भने अझै टुंगो लागिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस