प्रधानन्यायाधीश राणाको जवाफ - कार्यबाहक दिन्न, भोलिदेखि म आफै अदालत हाजिर हुन्छु

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, १५ : ०३
प्रधानन्यायाधीश राणाको जवाफ - कार्यबाहक दिन्न, भोलिदेखि म आफै अदालत हाजिर हुन्छु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्।

कोरोना संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेका प्रधानन्यायाधीश राणाले  शुक्रबार आफू डिस्चार्ज हुने र छलफल गर्ने जवाफ दिएका हुन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशको आन्तरिक छलफलमा न्यायाधीश हरिकृष्ण कार्कीले जबरालाई टेलिफोन गरेका थिए । त्यसको जवाफमा राणाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो- ‘भोलि अस्पतालबाट डिस्चार्ज हुनछु । त्यसपछि बसेर कुरा गरौं ।’ 

प्रधानन्यायाधीश राणाको यस्तो जवाफले कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको बताइएको छ । ‘न्यायाधीशहरूबीच लामो छलफल भयो। तर कायममुकायम प्रधानन्यायाधीशबारे टुंगो लागेन । अब प्रधानन्यायाधीश राणाकै प्रतिक्षा गर्ने निर्णयमा पुगेका छौँ’ बैठकमा सहभागी सर्वोच्चका एक न्यायाधिशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस