पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियो : प्रकाशमान सिंह

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १४ : १४
पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताए ।

आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालेको बताए । पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिए । उनले भने,‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मुल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमी कमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्र्याटिक एक्सरसाइज त हुनुप¥यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुप¥यो । विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुप¥यो । संस्थागत रुपमा पार्टी चल्नुप¥यो ।’

नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको बताए । राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पु¥याउन नसकिएको उनको भनाई छ । राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उनले बताए । उनले भने,‘राजनीतिक पार्टी संस्थागत गर्नै सकेको छैन सबभन्दा कमजोरी पक्ष । जुन दलले नेतृत्व ग¥यो, क्रान्ति ग¥यो । त्यही दलमा संस्थागत हुन नसकेपछि त गाह्रो हुँदोरहेछ नि । प्राप्त भएका जुन अधिकारहरु हुन्, प्राप्त गरेका जुन उपलब्धिहरु छन् ति उपलब्धिहरुलाई जनतासम्म पु¥याउनको लागि प्रभावकारी माध्यम भनेको राजनीतिक दल हो । राजनीतिक पार्टीमा कमीकमजोरी के हो भन्दाखेरी पार्टी संस्थागत नै हुन सकेको छैन । संस्थागत नभएको कारणले, अहिले सिस्टममा नै कमी, कमजोरीहरु देखा परेको कारणले, राजनीतिक कमी कमजोरीहरुलाई फिल्टर गर्ने त पार्टीहरु हुन् नि त । कांग्रेसमा देखा परेका कमी, कमजोरी, विकृतिहरु हटाउनका लागि फिल्टर गर्न जोड दिए राम्रो हुन्छ ।’

उनले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताए । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस