फिल्म ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १३ : ०३
फिल्म ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर फिल्म‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण फिल्म प्रदर्शनमा ढिलाई भएको हो। फिल्म आगामी माघ २८ गते बाट देशभर सार्वजनिक प्रदर्शनमा आउने भएको छ। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मका वितरक गोबिन्द शाही रहेका छन्।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको फिल्म एउटा अर्गानिक नेपाली फिल्म बनेको निर्माण पक्षले बताएको छ। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ फिल्मको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।

सार्बजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामाङ,दिया पुनलाई स्थान दिईएको छ । फिल्म गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको फिल्मका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

खिल बहादुर गुरुङ निर्देशित फिल्मले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । फिल्ममा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटियाले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । अब फिल्मको प्रचार प्रसारलाई तिब्र बनाउदै फिल्ममा समाबेश गीत तथा फिल्मको ट्रेलर केहि दिनमा नै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ। देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको यो फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ ।

प्रतिक्रिया दिनुहोस