कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन तालिका

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, २० : ५४
कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन तालिका

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

CG Hills

शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ ।
नयाँ कार्यतालिकाअनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस