कोरोना अपडेट : थप १५८ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १५ : ३०
कोरोना अपडेट : थप १५८ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा आज १५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

मन्त्रलायका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षण ४ जनामा पुष्टि भएको छ । आज थप दुईजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसा ३४२ संक्रमित डिस्चार्ज भएका छन् । अहिले देशभरी ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस