जाजरकोट । जाजरकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाईते भएका छन् । आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिकै उक्त बस दुर्घटनामा परेको हो ।
नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।
जाजरकोटका प्रहरीका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा पु¥याएका हुन् । प्रहरीका अनुसार राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते