काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।
पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताएका हुन् । ‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन,’ प्रचण्डले भने ।
माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना दिन गएका थिएनन् । माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड