काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीकाे विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताएका छन् । पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले अब पार्टी सशक्त रूपमा अघि बढ्ने र क्रान्तिकारी धारमा अघि बढ्ने बताएका हुन् ।
माक्र्सवाद, लेनिनवाद र माओवादीलाई आत्मसात गर्दै सोही विचारधाराअनुसार सबैलाई अघि बढ्न प्रचण्डले निर्देशन दिए । उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने उनले विश्वास व्यक्त गरे । उनले पार्टीमा बहस चलाउन पनि आग्रह गरे । राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन अपिल गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो