पोर्चुगल र इटाली मध्ये एक मुलुकले मात्रै २०२२ को विश्वकप खेल्न पाउने

सफल खबर संवाददाता

शनिबार, ११ मंसिर २०७८, १३ : १०
पोर्चुगल र इटाली मध्ये एक मुलुकले मात्रै २०२२ को विश्वकप खेल्न पाउने

एजेन्सी । आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा पोर्चुगल र इटालीमध्ये एकले मात्रै खेल्न पाउने भएका छन् । विश्वकपमा यी दुवै मुलुक बलिया टोली हुन् । युरोपियन प्लेअफ को ड्र सार्वजानिक हुँदा पोर्चुगल र इटाली एकै समूहमा परेका कारण एक टिम मात्रै जाने भएका हुन् ।

फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफ शुक्रबार सार्वजनिक भएको हो । उक्त ड्र मा पोर्चुगल र इटाली समूह सीमा परेका छन् । उक्त समूहमा समूहमा इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया छन् । समूह सीबाट एक टोली मात्रै विश्वकपमा खेल्नेछन् ।

अब सुरुमा पोर्चुगलले टर्कीसँग खेल्नेछ । त्यस्तै इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई खेलबाट बिजेता भएर आएका टोलीबीच पुन: प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा जित निकाल्ने एक मुलुकले मात्रै विश्वकपमा स्थान बनाउनेछ । पोर्चुगल र इटालीले समूहको पहिलो खेलमै पराजित व्यहोरे दुवै टोली विश्वकपमा छनौँट हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस